धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

अनुमति बिना रुख काटेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ

उदयपुर । अनुमति बिना रुख काटेको आरोपमा एक सामुदायिक बनका अध्यक्ष पक्राउ परेका छन् ।

अनुमति बिना रुख काटेको आरोपमा कटारी–३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे पक्राउ परेका हुन् । 

जिल्ला बन कार्यालयका अनुसार कुनै पनि अनुमति नलिई अवैध रूपमा सामुदायिक बन भित्रका रुख कटान गरेर आफ्ना उपभोक्तालाई वितरण गरेको आरोपमा अध्यक्ष घिमिरेलाई पक्राउ गरिएको हो ।

डिभिजन वन प्रमुख अनिरुद्ध कुमार साहका अनुसार सदाबहार वन क्षेत्रबाट एकै पटक ४८ वटा रुख काटेर उपभोक्तालाई बाँडेपछि उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । तर, अध्यक्ष घिमिरेले भने सव डिभिजन वन कार्यालय वेलसोतबाट अनुमति लिएर रुख कटानी गरेको दाबी गरेका छन् । सव डिभिजनका रेन्जर युवराज खरेलको अनुमतिमा उक्त रुखहरू काटेर उपभोक्तालाई वितरण गरेको उनको भनाई छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ३८ बजे