दलित गाउँका पहिलो शिक्षक

कर्नाटकमा काँग्रेसलाई स्पष्ट बहुमत, पराजय स्विकार्दै बिजेपीका मुख्यमन्त्रीले दिए राजीनामा

नयाँ दिल्ली  । भारतमा कर्नाटक राज्यमा भएको विधान सभा चुनावको नतिजा आएको छ । कर्नाटकका मतदाताले काँग्रेसलाई स्पष्ट बहुमत दिएका छन् ।

शनिवार राती सम्पन्न भएको मतगणना अनुसार काँग्रेसले १ सय ३७ सिटमा विजयी हासिल गरेको छ भने सरकार बनाउन आवश्यक १ सय १३ सिटभन्दा बढी स्थानमा विजयी हासिल गरेर काँग्रेस कर्नाटकमा पहिलो भएको छ । 

यसैगरी, दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ । जसले ६५ सिट मात्र जितेपछि भाजपाले कर्नाटक चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ । 

उता, जेडीएसले १९ सिटमा जीत हासिल गरेको छ भने अन्यको खातामा ३ मासिट परेको छ ।

कर्नाटकमा विगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यस पटक कायम रहन पुगेको छ । अर्थात्, कर्नाटकमा मतदाताले सरकार दोहोर्‍याउन दिएका छैनन् ।

कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिँदै बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ  । उहाँले गभर्नरलाई राजीनामा बुझाउनुभएको छ । मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताउनुभयो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : २८ बजे