दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आज बृहत् खोप अभियान, ५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइँदै

काठमाडौँ । आज बृहत् खोप अभियान । खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशैभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिईदैछ ।  

जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ताभित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनुपर्ने दादुरा–रुबेला र टाइफाइडका जस्ता खोप अहिले लगाईदैछ ।  

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : ५० बजे