यस्तो छ आजको विनिमय दर

विश्वकप एसिया छनोट चरणको प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ । नेपालले टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ  ।

अमेरिका र वेस्ट इन्डिजमा सन् २०२४ को जुनमा आयोजना हुने टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट नेपालले एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न अनुमति पाएको हो ।

नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । उनका अनुसार प्रतियोगिताका खेलहरू टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउनेछ  । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । हालै सम्पन्न एसीसी प्रिमियर कपबाट मूलपानी क्रिकेट मैदानलाई प्रयोगमा ल्याइएको हो ।

यूएईले पनि प्रतियोगिता आयोजना गर्ने दाबी देखाएको थियो । नेपालले पहिलो पटक आईसीसीको यति ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक अमेरिका र वेस्ट इन्डिज २०२४ को विश्वकपका लागि सोझै छनोट भएका छन्  । २०२२ मा अस्ट्रेलियामा भएको पछिल्लो ट्वान्टी–२० विश्वकपमा शीर्ष ८ भित्र रहेका राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि अर्को वर्ष हुने टी–२० विश्वकपका लागि छनोट भइसकेका छन् ।

साथै, विश्व ट्वान्टी–२० वरीयतामा शीर्ष रहेका अफगानिस्तान र बंगलादेशले पनि टी–२० विश्वकपका लागि स्थान बनाइसकेका छन् । टी–२० विश्वकपमा पहिलोपटक २० राष्ट्रले सहभागिता जनाउनेछन् । एसियासहित अफ्रिका र युरोपबाट २–२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएर आएको १–१ टोलीले टी– २० विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ११ : ५५ बजे