स्थायी कमिटी बैठकपछि एमालेले वार्षिक कार्ययोजना तयार पार्ने

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने भएको छ । 

बिहीबारदेखि सुरु भएको एमालेको पाँचौँ केन्द्रीय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको वार्षिक कार्ययोजना बनाउन लागेको हो । 

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्ययोजना केन्द्रीय समितिमा पेस गरी पारित गरिनेछ ।  

शुक्रवार बसेको बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ-आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नुभएको थियो ।  

सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रीय समिति बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ०६ बजे