दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

परीक्षा हलबाट निकालिएकी विद्यार्थीले आत्महत्या गरिन्

चितवन । ​​​​​​​ शिक्षकले जबरजस्ती परीक्षा हलबाट निकालिदिएपछि चितवनमा एकजना छात्राले आत्महत्या गरेकी छन्। 

बुधबार चितवन मेडिकल कजेलमा बीडीएस चौथो वर्ष पहिलो सत्रकी विद्यार्थी सिम्रन थापाले आफ्नो कोठामै आत्महत्या गरेकी हुन्। 
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको बुझ्न आएको बताए ।

पाल्पा रामपुर स्थायी ठेगना भइ पोखरा बस्ने मृतक थापा भरतपुर सप्तगण्डकी चोक स्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बसेकी थिइन् । उनले आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवबाट ५०० मिटर उत्तरमा  सो घटना घटेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

मेडिकल कलेजका विद्यार्थीहरुले आज प्रेषित गरेको विज्ञप्तिमा मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले जबरजस्ती मानसिक तनाव दिई परीक्षा हलबाट निकालेपछि उनी आत्महत्या गर्न बाध्य भएको जनाइएको छ ।

अनेरास्ववियु नेशनल मेडिकल स्टुडेन्ट एसोसियशनको राष्ट्रिय कमिटी अध्यक्ष पुष्पराज भामका अनुसार शिक्षकहरुले अपमानपूर्वक सिम्रनलाई परीक्षा हलबाट निकालिदिएका थिए।   त्यही तनावका कारण उनले कोठामा पुगेर आत्महत्या गरेको उनले बताए । विद्यार्थीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ३ : ०८ बजे