मुलुकमा राजनीतिक स्थायित्वका लागि एमालेले माग्यो रचनात्मक सुझाव

काठमाडौँ । नेकपा एमालेले मुलुकमा राजनीतिक स्थायित्वका लागि रचनात्मक सुझाव मागेको छ । 

केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि पार्टी महासचिव शङ्कर पोखरेलले आज सामाजिक सञ्जालमार्फत एमालेले कार्य योजनाका लागि सुझावको अपेक्षा गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ, ''मुलुक राजनीतिक अस्थिरता र चरम आर्थिक सङ्कट (मन्दी)बाट गुज्रिरहेको बेलामा नेकपा (एमाले)कस्तो कार्य योजनाका साथ अघि बढ्नु उपयुक्त हुन्छ? तपाईँहरूको रचनात्मक सुझावको अपेक्षा गरिन्छ ''

मिसन ग्रासरुटको प्रदेशस्तरीय समीक्षा सकिएसँगै एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ ।  बैठकमा १० एजेन्डाबारे छलफल हुनेछ ।  

''मुलुकमा राजनीतिक स्थायित्वका लागि नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने योजनासाथ सुरु भएको मिसन ग्रासरुटको प्रभाव मूल्याङ्कन यस बैठकले गर्नेछ र त्यसको जगमा कार्य योजना तयार गर्नेछ'', महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ९ : १८ बजे