खाण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । 

पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । 

बुधवार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उहाँमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । 

आज बस्ने बैठकले खाणलाई निलम्बन गर्न सक्ने बुझिएको छ । 

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ६ : ३४ बजे