खाँण पक्राउ परेपछि मोबाइल अफ गरेर  मञ्जु खाँण सम्पर्कविहीन

काठमाडौं ।  पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उहाँकी पत्नी  एवं कांग्रेस नेत्री मञ्जु खाँण सम्पर्कविहीन भएकी छिन् । मञ्जु मोबाइल  अफ गरेर सम्पर्कविहीन भएको प्रहरी स्रोतले जानकारी दियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा उनका पति एव्म पूर्वगृहमन्त्री खाँड बुधबार विहानै पक्राउ पर्नु भएको थियो ।  यस प्रकरणमा पक्राउ पर्नेमध्ये खाँण सबैभन्दा शीर्षस्थ व्यक्ति हुन् ।

उनका अलावा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित कुल १२ जना पक्राउ परिसकेका छन् ।

गिरोहका सदस्यले बालकृष्णपत्नी मञ्जुलाई ६ करोड बुझाएको दाबी गरिएको अडियो समेत सार्वजनिक भएको छ । सो अडियोमा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवालाई समेत २ करोड बुझाएको दाबी गरिएको छ ।
 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : २६ बजे