काठमाडौंका तीन ठाउँमा दिउँसै एकसाथ चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-४ प्रगती टोल डेरा गरी बस्ने दाङ दंगीशरण गाउँपालिका-४ घर भएका सन्दिज शर्माको कोठाबाट करिब ३ लाख २ हजार रूपैयाँ बराबरका सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-१ बोसन बस्ने राम कुमार नगरकोटीको घरबाट करिब ६ लाख ९५ हजार रूपैयाँ बराबरका सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-४ घर भएका ३७ वर्षीय कुबेर प्रसाद सुबेदीको कोठाबाट करिब ४ लाख ३४ हजार २ सय रूपैयाँ बराबरका सुन तथा चाँदीका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : १२ बजे