यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

निरन्तर ओरालो लाग्दै सेयर बजार

काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा गिरावट आएकाे छ । साेमबार सेयर बजार दाेहाेराे अंकले घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर १८३३.६९ बिन्दुमा बन्द भएको छ ।

आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर किनबेच हुदाँ ८२ करोड ४२ लाख १७ हजार १ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका ३४ कम्पनीको सेयरमूल्य बढेको छ । १८१ कम्पनीको सेयरमूल्य घटेको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ३ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज इष्टन हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ४ : १७ बजे