मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नेपालको अर्थतन्त्रको अवस्था मन्दीको छ : विष्णु पौडेल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखवर रहेको भन्दै कडा प्रश्न उठाउनु भएको ।

प्रतिनिधिसभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गर्नुभएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफलमा आज भाग लिँदै पूर्वअर्थमन्त्री पौडेलले देश मन्दीमा गइरहेको बेला सरकारले देशको अर्थतन्त्र मन्दीमा गएको कुरालाई नस्वीकारेको भन्दै बेखवर रहेको तथ्य राख्नुभएको हो ।

‘सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखबर भएको मलाई महसूस भयो । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्याकंमा नेपालको अर्थतन्त्रको अवस्था मन्दीको छ भनेर औंल्याएको छ,’ एमाले उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘देशको अर्थतन्त्र मन्दीमा गएको कुरालाई स्वीकार गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक छ ।’

पौडेलले नेपाली अर्थतन्त्र मन्दीमा भएको तथ्यलाई स्वीकार गर्दै बजेट प्रस्तुत हुनुपर्ने सुझाव पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘सत्यलाई जस्ताको त्यस्तै प्रस्तुत गर्नुपर्छ । प्रस्तुत सिद्धान्त र प्राथमिकता चुकेको छ । अर्थतन्त्रका परिसूचकहरु एकदमै कमजोर छन । यसअघिको बजेटमा आर्थिक वृद्धिदर ८ प्रतिशत भनिएको थियो । तर, राष्ट्रिय तथ्याकं कार्यालयका अनुसार अहिले नेपालको आर्थिक वृद्धिदर २.१६ मा खुम्चिने प्रक्षेपण गरिएको छ।’

उहाँले चालु आर्थिक वर्षको राजस्व परिचालन एकदमै कमजोर रहेको पनि बताउनु भयो । ‘निजी क्षेत्र अत्यन्तै त्रासमा बाँचिरहेको छ । लघुवित्त र सहकारी क्षेत्रको अवस्था अत्यन्तै विकराल छ । मुलुक आर्थिक मन्दीमा आएको छ । यदि हामीले सार्थक पहल लिन सकेनौं भने आर्थिक रुपमा नेपाल ठूलै जोखिममा पर्नेछ,’ पौडेलले भन्नुभयो, ‘आर्थिक गतिविधि शिथलतामा आएको, सरकारको वित्त संकलनमा चाँप परेको जस्ता सामान्य पदावली प्रयोग गरिएको छ ।’

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  २ : ५६ बजे