साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौँ महानगरपालिकाले आजदेखि अव्यवस्थित तार हटाउने

काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिका भित्रका रहेका अव्यवस्थित तार काट्ने कार्यको सुरु गरिने भएको छ । 

महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।  

आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीचको बैठकले आजदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट अव्यवस्थित तार हटाउन सुरु गर्न लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने  सहमति भएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ०२ बजे