बाढीको स्थितिमा सुधार

आज संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।

प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । बैठक साँझ ६ः०० बजे बस्नेछ । 

उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरूप आजका लागि बैठक बोलाइएको हो । उहाँका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन । 

सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेशनका अन्तिम समयमा संवैधानिक परिषद् सम्बन्धी (संशोधन) विधेयक पेस गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । 

संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकारसहित बुँदा थप गरेर विधेयक ल्याइएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।

प्रमुख प्रतिपक्ष दल एमालेको आपत्तिपछि कार्यसूचीमा समावेश गरिसकेको सो विधेयक अन्तिममा फिर्ता लिइएको थियो । एमालेले संसदीय सुनवाइको पूर्णतापछि मात्रै सो विधेयक अघि बढाउनुपर्ने सर्त राख्दै आएको छ । 

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : १९ बजे