प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । 

आज अपराह्न ४ बजेबाट प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुनुअघि कार्य व्यवस्था समितिको बैठक बसेको हो । 

बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन सम्बन्धमा छलफल हुने एजेन्डा रहेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने सम्बन्धमा, आ.व.२०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल सम्बन्धमा, सांसदहरू बस्ने क्रम निर्धारण सम्बन्धमा, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी नियमावलीको व्यवस्था र सभाका सदस्यहरूको उपस्थिति वेवसाइटमार्फत् सार्वजनिक गर्ने र ई–हाजिरी सम्बन्धमा छलफल गर्ने एजेडा छन् । 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ११ : ३७ बजे