बाढीको स्थितिमा सुधार

सिम्रिक एयरका तीन वटै हेलिकोप्टर ग्राउन्ड्रेड

काठमाडौँ  । सिम्रिक एयरका तीन वटा हेलिकोप्टर ग्राउन्डेड भएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीन वटा हेलिकोप्टर ग्राउन्डेड गरेको हो ।  सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीन वटा हेलिकोप्टरलाई ग्राउन्डेड गराइएको हो । 

पछिल्लो एक महिनाको अवधिमा तीन वटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बाँकी सबै हेलिकोप्टरलाई ग्राउन्डेड गराएको जनाएको छ । अब ती हेलिकोप्टर माथि सुरक्षा जाँच गरिने छ ।  

सङ्खुवासभाको भोट खोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा 9NAJZ हेलिकोप्टर अवतरणका क्रममा शुक्रवार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।  

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ३७ बजे