बाढीको स्थितिमा सुधार

सङ्घीय संसद्का नवनियुक्त सचिवहरूको शपथ आज

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका दुई जना सचिवले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । 

सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बीचमा उहाँहरूले पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो । 

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः१५ बजे उक्त शपथ समारोह कृषि समितिको हल, सिंहदरबारमा हुनेछ । 

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र  राष्ट्रियसभाको सचिवमा डा.सुरेन्द्र अर्याल गत वैशाख २१ गते नियुक्त हुनुभएको थियो । सङ्घीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गर्नुभएको हो । उहाँहरू दुवै जना नेपालको संविधानको धारा १०६ बमोजिम सचिव पदमा नियुक्त हुनुभएको हो।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ३२ बजे