दलित गाउँका पहिलो शिक्षक

चार्ल्स तृतीयले पहिरिए राजमुकुट

​​​​​​​काठमाडौँ । चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिएका छन्। आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिएका हुन्।

जीवनमा यही एक पटक उनले ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिने छन्।यतिखेर वेस्टमिन्स्टर एबीमा राज्याभिषेकको विस्तृत समारोह चलिरहेको छ। यसअघि चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए।

पत्नी क्वीन कन्सोर्ट कमिलाका साथ उनी बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कंदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो।

राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए। राज्याभिषेक समारोह वेस्टमिन्स्टर एबीमा जारी छ जुन करिब २ घण्टा चल्नेछ।

समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू छन् र बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुन्। यसअघि रेलमार्फत् लन्डनको वाटरलु स्टेसन पुगेका सशस्त्र सैन्य बलका हजारौँ सदस्य शनिवारको समारोहमा सहभागी हुन बकिङ्घम दरबारतर्फ गएका थिए। बिबिसिबाट

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ६ : ४१ बजे