बाढीको स्थितिमा सुधार

अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । 

रक्डेल सिटी नजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिएपछि घाइते भएकी प्रमीला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसिसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नी समेत हुन । 

रक्डेल सिटी नजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमीलाले आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुन पुगेको जनाइएको छ । 

दुई दशकदेखि सुवेदी दम्पती अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरूको सन्तानको रूपमा दुई छोराहरू रहेका छन्।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ९ : ४८ बजे