दलित गाउँका पहिलो शिक्षक

बेलायती राजा चार्ल्सको राज्याभिषेक आज, विश्वभरिका विशिष्ट पाहुना बेलायतमा

लन्डन । बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुदैँछ  ।

लन्डनको वेस्टमिन्स्टर एबीमा विशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ राजमुकुट पहिराइने छ ।

सो विशेष समारोहमा सहभागिताका लागि विश्वभरिबाट दुई हजारभन्दा बढी अति विशिष्ट पाहुनाहरू बेलायत आइपुगेका छन् । यसरी आउने पाहुनाहरूमा विभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरू, विश्वभरिका विभिन्न मुलुकका राजनेताहरू, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरू सो समारोहमा सहभागी हुदैँछन् ।

आज हुने विशेष समारोहमा राजा चार्ल्स तथा रानी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइने कार्यक्रम रहेको बिबिसीले जनाएको छ । 

बिबिसीका अनुसार २.२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राजमुकुटले राजा चार्ल्सको शिरमा सुशोभित गरिनेछ ।  

सो राजमुकुट यस अघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो । 

महारानी एलिजाबेथको निधन भएपछि उहाँका ७३ बर्षीया छोरा चार्ल्स बेलायतको राजा बन्नुभएको हो । उहाँको आज हुन गइरहेको राज्याभिषेक समारोह भने झन्डै तीन घण्टा चल्ने जनाइएको छ । 

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ५७ बजे