बाढीको स्थितिमा सुधार

नक्कली शरणार्थी प्रकरण : पक्राउ पार्लान त तत्कालीन गृहमन्त्री खाँण ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मुख्य व्यक्तिहरुलाई जोगाउने  चलखेल भएकाे पाइएकाे छ  । राजनीतिक प्रतिशोध साध्न केही  असम्बन्धित नेताहरुलाई  फसाएर मुख्य अभियुत्त बचाउने  चलखेल भएकाे पाइएकाे हाे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सबैभन्दा निर्णायक भूमिका खेल्ने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाएर अरुलाइ फसाउन  खोजिएको पाइएकाे हाे ।

स्रोतका अनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नाम आएपछि  अभियुक्त्तकाे बयान फेर्ने चलखेल सुरु भएकाे हाे । 

त्यसाेत चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले बस्याल थरका अनुसन्धान अधिकृतसँग दिएको बयानमा बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम आएपछि बयान नै रोकिएको थियाे । मञ्जु बालकृष्ण खाँणकी पत्नी तथा प्रतिनिधिसभा सदस्य हुन् ।

​​​​​​​आफू पनि तानिने भएपछि खाँण बिहीबार सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए । देउवाले त्यहीबाट प्रधानमन्त्री प्रचण्ड र आईजीपी वसन्त कुँवरलाई फोन गरेको कांग्रेस नेताहरु बताउँछन् ।   अभियुक्त भण्डारीले बालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको आफ्नो बयानमा बताएका छन् । बयानको अडियो रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेकाे थियो । 

यतीखेर त्यही बयान मेटाउने र नयाँ बयान लिने काेशिस भएकाे हाे । 

खाँणको नाम नलिई दोस्रो बयानको कागजमा सही गराउन खोजिएपछि यो कुरा  महान्यायाधिवक्ता कार्यालयबाटै बािहरीएकाे छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरुले बादल गृहमन्त्री भएका बेला काम सफल पार्न नसकेपछि  बालकृष्ण खाँण गृहमन्त्री भएकाे बेला  सचिव टेकनारायण पाण्डेमार्फत काम अघि बढाएका थिए  ।

त्यही समयकाे प्रकरण सहतमा आएपछि खाँड जाेगाउने  प्रपञ्च सुरु भएको हो । स्रोतका अनुसार अभियुक्तसँग भेटिएको चेक त्यही प्रमाण हो । उनीहरुले सुरुमा बादल गृहमन्त्री भएको बेला काम गराउन चेक काटे पनि त्यतीखेर काम हुन नसके पछि चेक गाेजीमै राखेका थिए । पछि गृहमन्त्री खाँड भएकै बेला काम  गरे पनि  यतीखेर अभियुक्त्तले चेकमा नाम लेखेकै आधारमा पक्राउ परीरहेका छन् ।

नक्कली शरणार्थी बनाउने गिरोहले काम फत्ते नगर्दै केपी ओली सरकार ढल्यो र रामबहादुर थापा बादल सर्वाेच्चको आदेशबमोजिम मन्त्रीबाट पदमुक्त भए । त्यसपछि बादलका सल्लाहकार इन्द्रजीत राईलगायत काम मिलाउँछौं भन्दै पैसा खाने गिरोह भागाभाग भयो ।

त्यसपछि पीडितहरुले अब डुबियो भन्दै विभिन्न ठाउँमा उजुरी दिने क्रममा गृह मन्त्रालयमा पनि दिएका थिए । २०७८ असार २८ गते परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए भने गृहमन्त्री बालकृष्ण खाँण भए । खाँण गृहमा आएपछि महेश्वर न्यौपानेको ठाउँमा गृहसचिव भएर टेकनारायण पाण्डे आए । गृहमा उजुरीसमेत परेको र केही व्यक्ति भेट्न गएपछि पाण्डेले यो प्रकरणबारे बुझ्न थालेको र आफूहरुले सबै जानकारी दिएर यो प्रकरणमा सघाउन आग्रह गरेकाे बयानमा उनीहरुले भनेका छन् ।

ठगी गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको बताए । उनीहरुले आफूहरु फसिसकेको भन्दै यो काम भएमा थप पैसा खर्च गर्ने बताए ।

खाँण निकट रहेका हाल कांग्रेसका एक सांसदले पनि काम मिलाउने भनेर केही रकम लिएको उल्लेख छ । ती नेतामार्फत मञ्जु खाँणसम्म यो कुरा पुगेको थियो भने यो विषय आरजु देउवासम्म मिलाउनुपर्ने भन्दै गिरोहलाई दुहुनो गाई बनाउने खेल त्यस क्रममा चल्यो ।

गिरोहको सदस्यबाट पैसा पाइने निश्चित भएपछि तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले मन्त्रालयबाट हुने प्रमाणीकरणको काम आफूले मिलाइदिने तर बाँकीको व्यवस्थापन उनीहरुले गर्नुपर्ने बताए ।

भण्डारीले बयानमा भनेका छन्, ‘त्यसका लागि मन्त्रीसँग पनि कुरा गर्नुपर्छ र मन्त्रीलाई पनि पैसा दिनुपर्ने कुरा सचिवले भने । गृह सचिवले नै मन्त्रीसँग कुरा गरेपछि हामीले थप पैसा दिएका हौं ।’

कति पैसा दिएको भन्ने बयानमा उल्लेख भए पनि प्रहरीले रकम खुलाएको छैन र बालकृष्ण खाँणलाई अहिलेसम्म छानबिनमा ल्याएको छैन । त्यसका लागि माथिल्लो तहबाट आदेश पर्खिएको अधिकारीहरु बताउँछन् ।

स्रोतका अनुसार गृह सचिव पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर यो गिरोहको बाँकी काम फत्ते गर्न अनुमति लिएर रकम बुझ्न थालेका थिए ।

यसबीचमा पैसा उठाउनेमध्येका कतिपयले पनि पाण्डेलाई भेटेर काम हुने वा नहुने आधिकारिक जानकारी मागेका थिए । आफूहरुलाई दलाल गिरोहको भरोसा नरहेको भन्दै गजेन्द्र बुढाथोकी नामका एकजनाले गृह सचिव पाण्डेलाई भेटेर कन्फर्म गरेका थिए । पाण्डेकै आश्वासनपछि बुढाथोकी ढुक्क भएर आफन्त तथा चिनजानका मान्छेलाई अमेरिका जाने शीर्षकको पैसा नफस्ने बताएका थिए ।

यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाँणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गरेका थिए । प्रहरीले अहिलेसम्म संकलन गरेका तथ्यका आधारमा गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेका थिए । त्यही प्रयोजनका लागि विभिन्न किस्तामा पाण्डेले ५० लाख रुपैयाँ बुझेको पाइएको छ ।

सचिव पाण्डेमार्फत नै गिरोहका मुख्य नाइकेहरु केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आश्वस्त बनेका थिए । दाङका सन्देशले आफूहरुले गृह सचिवमार्फत नै खाँणलाई भेटेर सबै विषय जानकारी गराएको बयान दिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ५ : ४८ बजे