बाढीको स्थितिमा सुधार

कँडेल मृत्यु प्रकरण : चार्टर एकाउन्टेट पक्राउ

चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भागेर लुकेको अवस्थामा रावललाई बाराको सिमराबाट गए राति पक्राउ गरिएको हो । पक्राउ परेका रावललाई प्रहरीले गए रातिनै उनलाई चितवन ल्याइएको छ भने आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ ।

कँडेलले लेखेको ‘सुसाइड नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गर्नुभएको थियो ।

त्यस्तै मृत्यु प्रकरणका अर्का आरोपी  रुङ्गटालाई पक्राउ गर्न नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पण्डितले नेपाल प्रहरी, सिआइबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताउनुभयो । 

कांग्रेससहित उद्योगी व्यवसायीको अगुवाइमा बुधबार र बिहीबार भरतपुरमा बृहत् प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १२ : १० बजे