यस्तो छ आजको विनिमय दर

शहिद स्मारक ए डिभिजन : आज दुई खेल हुँदै

काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।  

आजको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा भिड्ने छन् भने दोस्रो खेलमा जावलाखेल यूथ क्लब र खुमलटार प्रतिस्पर्धामा उत्रने छन् ।

एन्फा कम्प्लेक्समा जावलाखेल यूथ क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल अपराह्न ३ बजेबाट सुरु हुनेछ ।

शीर्ष स्थानमा रहेको जावलाखेलले १४ खेलवाद २४ अङ्क जोडेको छ भने समान खेलको खुमलटार भने १४ अङ्कमा सीमित रहेको छ ।

यसैगरी, दशरथ रङ्गशालामा पुलिस क्लब र हिमालयन शेर्पा एक आपसमा प्रतिस्पर्धामा उत्रनेछन् । निरन्तर वर्षाको कारण च्यासल मैदान खराब भएपछि उक्त खेल रङ्गशालामा हुन लागेको हो ।

पुलिसले १४ खेलवाद १५ अङ्क बटुलेर १२ औँ स्थानमा पुगेको छ भने शेर्पा १४ खेलबाट १७ अङ्कसहित दशौँ स्थानमा छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ९ : ११ बजे