साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेफ्टा चलचित्र अवार्ड साउनमा

काठमाडौँ – आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ ।

अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को ११औँ संस्करण साउनको पहिलो साता ६ गते हुने सङ्घले जानकारी दिएको छ । “हाम्रो तयारीका लागि समय अपर्याप्त भएकाले मिति हेरफेर गरेका हौँ । नयाँ मितिमा अवार्डलाई थप समावेशी, बृहत र सफल तुल्याउन सजिलो हुनेछ”, नेफ्टा अध्यक्ष पुस्कर लामाले भन्नुभयो ।  

    नयाँ तालिकाअनुसार आगामी ३१ वैशाखमा अवार्डका सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गरिनेछ । “उत्कृष्ट पाँचमा रहने चलचित्रकर्मीले अवार्डमा सहभागिता जनाउनु हुनेछ । हामी अवार्डलाई भव्य रूपमा सम्पन्न गर्दै नेपाली कला, संस्कृतिमार्फत चलचित्रको बजार विस्तारसमेत गर्न चाहन्छौँ”, अध्यक्ष लामाले भन्नुभयो । 

    उहाँका अनुसार विसं २०७९ भित्र प्रदर्शन भएका चलचित्रले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । नेफ्टाका विदेशी संस्करण युएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।  

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १० : ०६ बजे