काठमाडौँ । पूर्व मन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइएको छ ।
नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भूमिका खेलेको आरोपमा भैरहवामा बुधवार पक्राउ परेका सन्दिपलाई आज बिहान काठमाडौँ ल्याइएको हो ।
काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौँ ल्याइएका उनलाई जिल्ला अदालत, काठमाडौँमा पेस गरेर अनुसन्धानका लागि म्याद लिइनेछ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । बुधवार सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।
प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार १० : ५३ बजे
प्रतिक्रिया