यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, हरियो अङ्गुर १३० रुपैयाँ, कालो अङ्गुर ३०० रुपैयाँ, अनार २५० रुपैयाँ र किवी ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ । 

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैयाँ, लोकल परवर ७० रुपैयाँ, न्युरो ७० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १५० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ केजी कायम गरिएको छ । 

ब्रोकाउली १०० रुपैयाँ, भ्यान्टा लाम्चो ४० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुईँ कटहर १५० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २०० रुपैयाँ र हरियो धानिया ५० रुपैयाँ पाइने समितिले जनाएको छ । 

यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ र बचुवा माछा २७० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ८ : ५८ बजे