काठमाडौँ । पूर्व मन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् ।
नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका हुन । आजै उनलाई अदालतमा पेस गरिने भएको छ ।
रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।
त्यस्तै, पूर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिइसकेको छ ।
प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार ८ : ०२ बजे
प्रतिक्रिया