सचिव पाण्डेलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले ३ दिनको म्याद दिएको हाे ।

उपराष्ट्रपति कार्यालयमा दरबन्दी रहेका सचिव पाण्डेमाथि आजैदेखि बयान लिने प्रहरीको तयारी छ ।

गृहसचिव रहेको समयमा आर्थिक लाभ लिएर नक्कली शरणार्थी बनाई अमेरिका पठाउने धन्दामा सघाएको आरोपमा उनी बुधवार पक्राउ परेका हुन् । बालकृष्ण खाण गृहमन्त्री रहेको समयमा पाण्डे सचिव थिए ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई हिजै पक्राउ परेका थिए । पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ५ : २८ बजे