काठमाडौँ । सुनको मूल्य आज एकै दिन १ हजार ८ सय रुपैयाँले बढेको छ ।
मङ्गलवार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोलामा १ हजार ८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ११ : ५३ बजे
प्रतिक्रिया