आजको मौसम : पहाडी भू–भागमा पानी पर्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ, जसका कारण सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । त्यस्तै,  गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। 

देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० वैशाख २० गते (बुधवार)
दिउँसोː
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ।
​​​​​​​रातीː देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८० वैशाख २१ गते (बिहीबार)
दिउँसो
ː  देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

२०८० वैशाख २२ गते (शुक्रवार)
दिउँसोː
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना रहेको छ।
रातीː  देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : ०४ बजे