महालेखालाई अर्थ मन्त्रालयको पत्र– प्रदेश र स्थानीय तहमा आधा मात्र रकम पठाउनू

काठमाडौँ । अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहलाई ५० प्रतिशत मात्र भुक्तानी गर्न महालेखा नियन्त्रकको कार्यालयलाई भनेको छ । आइतबार एक पत्र लेख्दै मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदान हाललाई ५० प्रतिशत मात्र पठाउन निर्देशन गरेको हो ।

यसरी ५० प्रतिशत रकम पठाउँदा प्रदेशमा ९ अर्ब ९३ करोड ६८ लाख र स्थानीय तहमा १३ अर्ब २० करोड १५ लाख मात्र जानेछ। अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णय अनुसार कार्यान्वयन गर्नु भनि आधा मात्र दिन बजेट कार्यान्वयन महाशाखालाई भनेको छ।

प्रदेश र स्थानीय सरकारले भने संघको यो निर्णयको विरोध जनाउँदै आएको छ । काम सम्पन्न गरेर भुक्तानी दिने बेला गरिएको यो निर्णय वित्तीय संघीयताको मर्म विपरीत रहेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : ३६ बजे