दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप ५५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २५२

काठमाडौं  । थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट १७१८ नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८० र एन्टिजेनबाट १५३८ नमुना परीक्षण गर्दा पीसीआरबाट २२ र एन्टिजेनबाट ३३ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ५३ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २५२ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : १९ बजे