यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नेपालीको प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर

काठमाडौं । नेपालीको प्रतिव्यक्ति वार्षिक आय एक हजार ३९९ अमेरिकी डलर रहेको सार्वजनिक एक प्रतिवेदनले जनाएको छ । 

मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनका अनुसार नेपालीको प्रतिव्यक्ति आय एक हजार ३९९ अमेरिकी डलर पुगेको छ ।

नेपाली रुपैयाँअनुसार एक लाख ८२ हजार ६८३ रुपैयाँ बराबर नेपालीको वार्षिक आय छ । गतवर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो । 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ५ : १० बजे