नर्स मृत्यु प्रकरण : पक्राउ परे डा. सुजन ढकाल

काठमाडौं । प्रहरीले काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाललाई पक्राउ गरेको छ । 

डा. ढकालसहित उनका बुबा मुरलीप्रसादविरुद्ध नर्सको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएसँगै प्रहरीले ढकाललाई काठमाडौंबाट प्रक्राउ गरेको हो। डा. ढकाललाई अहिले बालाजु प्रहरी वृत्तमा राखिएको छ। 

 स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। कोशी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ।

उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेको बताइएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : १८ बजे