यस्तो छ आजको विनिमय दर

सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडाै‌ । सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । 

आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन  । उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन । 

सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए ।

यसैगरी, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ ।  प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर रेकर्ड कायम गरेका छन ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : १९ बजे