यस्तो छ आजको विनिमय दर

एसीसी प्रिमियर कप : गुल्सनको अर्धशतक, जीत नजिक नेपाल

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालका गुल्सन झाले अर्धशतक प्रहार गरेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा झाले ७६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५१ रन जोडेका हुन् । 

कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा निराश भएका घरेलु दर्शकलाई झा र भीम सार्कीले आशा जगाएका छन् । 

नेपालले २८.४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १०२ रन जोडेको छ । 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ११ : ४८ बजे