आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आज पुनः नेपाल र युएईबीच खेल हुँदै, हिजोकै स्कोरबाट निरन्तरता पाउने

काठमाडौं- एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच हिजो रोकिएको फाइनल खेल आज पुनः हुदैछ । टियु क्रिकेट मैदानमा वर्षाका कारण प्रभावित बनेपछि स्थगित भएको खेल आज फेरि हुन लागेको हो ।

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार आज हुने खेल हिजोकै स्कोरबाट निरन्तर हुनेछ । हिजो  रोकिएकै ओभरबाट खेल ९ बजेदेखि सुरु हुनेछ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।

खेल रोकिनुअघि नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए । यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : ५३ बजे