‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

रुसले युक्रेनमा हान्यो पाँच वटा मिसाइल

काठमाडौँ – आज (सोमबार) बिहानै रुसले युक्रेनको कीभ क्षेत्रमा मिसाइल आक्रमण गरेको छ । सबैभन्दा धेरै जनसंख्या भएको सहर समेत रहेको राजधानी कीभमा हवाइ आक्रमण भएपछि सशस्त्र बलहरूले युक्रेनीलाई अन्य आश्रयस्थलमा जान अनुरोध गरेका छन् ।

कीभबाट ५४२ किलोमिटर टाढा रहेको पूर्वी डोनेट्स्क क्षेत्रको क्रामतोस्र्कमा आइतबार राति पाँचवटा मिसाइल प्रहार भएको उक्त क्षेत्रका गभर्नरले बताएका छन् । टेलिग्रामलाई गभर्नर पाभ्लो किरिलेन्कोले दुई रकेट सहर बाहिरको मैदानमा, दुई औद्योगिक क्षेत्रमा र एउटा निजी क्षेत्रमा खसेको बताए । रूसी सेनाले अवडिभका सहरमा पनि गोलाबारी गरेको जानकारी दिएका छन् ।

कीभमा मिसाइल आक्रमणको खतरा बढेपछि हवाइ रक्षाको तयारी युक्रेनले गरेको छ । राजधानी कीभमा पनि विष्फोटको आवाज आएको बताइएकोमा थप जानकारी आइनसकेको टेलिग्रामले बताएको छ । विस्फोटकोफ आवाज सुनेपछि कीभको एयर डिफेन्सले संयमता अपनाइ सुरक्षित स्थानमा बसाइँ सर्न आग्रह गरेको छ । ‘कीभ मिसाइल आक्रमणको खतरामा छ, उत्तरी, मध्य र पूर्वी क्षेत्र पनि खतरामा छन्,’ टेलिग्राम च्यानलले भनेको छ ।

मिसाइल आक्रमणको क्षतिबारे अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक भएको छैन । गत शुक्रबार मात्रै पनि मध्य युक्रेनी सहर उमानमा रुसले मिसाइल आक्रमण गरेको थियो । त्यसबेला दुईवटा मिसाइल एक अपार्टमेन्टमा ठोक्किएपछि ६ जना बालबालिकाको मृत्यु भएको थियो भने अन्य २३ घाइते भएका थिए ।-एजेन्सी 

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : ०५ बजे