आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसीसी प्रिमियम कप फाइनल : आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । एसीसी प्रिमियम कपको आज फाइनल खेल हुदैँछ । 

कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई)का बिचमा आज फाइनल खेल हुदैँछ । आज बिहान ९ बजेबाट फाइनल खेल सुरु हुनेछ ।

शनिवार भएको खेलमा नेपाल कुवेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।  

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहँदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्द भएपछि समूह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । 

आज हुने फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।  

यदि, शनिवारको झैँ पुनः पानी परेको खण्डमा आइसिसीको ओडिआई वरियतामा १४ औँ स्थानमा रहेको नेपाल र १९ औँ स्थानको रहेको युएई  बिचको खेल मङ्गलवार हुनेछ । 

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ५१ बजे