काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किनु भएको छ ।
भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछिभण्डारी आइतबार स्वदेश फर्किनु भएको हो ।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किनु भएको हो ।
पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उहाँ बोल्ने र हिँड्ने गर्न थाल्नु भएको छ । नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानु हुने छ ।
आगलागीमा परी सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।
प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार ८ : ०९ बजे
प्रतिक्रिया