यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सेयर बजार १९.११ अंकले ओरालो

काठमाडौं  । साताको दोस्रो  कारोबार दिन सोमबार  सेयर बजारमा ओरालो लागेको  छ । आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा आएर रोकिएको छ । 

९५ करोड ४३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचकमा २६ कम्पनीमा उकालो लगेको र १८९ कम्पनीमा ओरालो लगेको छ भने ४ कम्पनीको स्थिर रहेको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्सम करिब ३ अकले घटेर ३५८.१४ बिन्दुमा आएको छ । आइतबार  ३२ लाख ६ हजार ४५० कित्ता  सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी सुलभ इन्भेस्टमेन्ट र ८.५% प्रभु बैंक डेबेन्चरको ३ प्रतिशतले मुल्य वृद्धि भएको छ । 

यता,  सिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको आइतबार ४ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ । यता नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाखको कारोबार भएको छ । आइतबार  सबै उपसूचकहरु राताम्मै भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ५ : १६ बजे