दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महावीर पुनका माग सम्बोधन गर्न वार्ता समिति गठन गर्ने समझदारी

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सिंहदरबारमा छलफल भएको छ । छलफलमा पुनका माग सम्बोधन गर्न वार्ता समिति गठन गर्ने समझदारी भएको छ । बैठकपछि पुनले भोलिसम्म माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयाे । 

पुनले भने,‘आज बेलुकीसम्म वार्ता टोली गठन गर्ने र भोलिसम्ममा माग पूरा गर्ने भन्ने निर्णय भएको छ । छलफल एकदमै सकारात्मक छ । रक्षामन्त्रीसँग वार्ता गर्दागर्दै प्रधानमन्त्रीले फोन गर्नुभयो । ’

वार्तामा सरकारका तर्फबाट रक्षामन्त्री खड्का र मुख्यसचिव शंकरदास बैरागी सहभागी हुनुहुन्थ्याे । यस्तै,पुनको तर्फबाट पुनसहित उनी निकट अरु दुईजना थिए । अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई सरकारले ध्यान नदिएको भन्दै पुनले माइतीघरमा दिनरात धर्ना दिइरहेका छन् ।

अनुसन्धान,नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने पुनको माग छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  २ : ५१ बजे