दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बाँकेमा पाँच जनामा डेंगु संक्रमण

नेपालगञ्ज ।  बाँकेको कोहलपुरमा पाँच जनामा डेंगु संक्रमण देखिएको छ । नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका मध्ये ५ जनामा डेंगु संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार डेंगु संक्रमण पुष्टि भएकाहरुमा १ जना पुरुष र ४ जना महिला छन् । कोहलपुर नगरपालिका वडा नम्बर २ का २ जना तथा वडा नम्बर ५, ११ र १४ का १/१ जना गरी ५ जनामा डेंगु संक्रमण देखिएको हो । 

उनीहरु सबैमा लक्षण/चिन्ह देखिएको छ । संक्रमित विरामीहरुको अस्पतालको निगरानीमा उपचार भइरहेको छ । 

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १ : ५३ बजे