डाक्टरको घरमा मृत भेटिइन् वीर अस्पतालकी नर्स

काठमाडौं । वीर अस्पतालकी एक नर्स डाक्टरको घरमा मृत फेला परेकी छन्।

वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ती बाल अस्पतालका डाक्टर सुजन ढकालको घरमा मृत फेला पर्नुभएकाे हाे । 

उहाँहरु एकअर्काको प्रेममा रहेको र सुजनले विवाह गर्न नमानेपछि अनुमाले आत्माहत्या गरेको आशंका प्रहरीको छ।   घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ।

घटनाबारे प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १ : ४७ बजे