दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनसक्ने, स्वदेश फर्कने अझै छैन टुङ्गो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै हुनुहुन्छ । 

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार अखिल भारतीय आयुर्विज्ञान अस्पतालमा (एम्स अस्पताल)मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लाग्नुभएको हो । 

‘सम्माननीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले (आइतबार)सम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्,’ नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ । 

छातीमा जमेको पानीमा सङ्क्रमण देखा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकको सुझावमा उहाँ उपचारका लागि नयाँ दिल्ली जानुभएको थियो। 

गत वैशाख ६ गते श्री एयरलाइन्सको एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली जानुभएका राष्ट्रपति पौडेल १० दिनपछि डिस्चार्ज हुन लाग्नुभएको हो  । छातीमा समस्या देखा परेपछि उहाँ ५ गते साँझ शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । सो अघि पनि पेटमा समस्या देखा परेको भन्दै राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा नै उपचार गरिएको थियो।  

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ५८ बजे