आजको मौसम : पहाडी तथा तराईका भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली  रहेको छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। 

राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। 

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० वैशाख १७ गते (आइतबार)
दिउँसो
ː देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीː देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०८० वैशाख १८ गते (सोमबार)
दिउँसो
ː देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।रातीː देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०८० वैशाख १९ गते (मङ्गलवार)
दिउँसोː
देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
​​​​​​​रातीː कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू– एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : १७ बजे