काठमाडौंको एउटा घरबाट १ करोड रुपैंया बराबरको सुन र नगद चोरी

काठमाडौ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको एक घरबाट एक करोडभन्दा बढीको सामना चोरी भएको छ । नगरपालिका-९ मेडिकलचोक बस्ने ४० वर्षीया पुष्पा गुरुङको घरको ताला फोडी शुक्रबार राति चोरी भएको हो ।

घरबाट ६४.५ तोला सुनका विभिन्न गरगहना, अमेरिकी डलर ३० हजार र नेपाली ७ लाख रुपैयाँ समेत गरी करिब १ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ५ : ५९ बजे