आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसीसी प्रिमियर कप : नेपालले फाइनलमा यूएईसँग खेल्ने

काठमाडौं ।  एसीसी प्रिमियर कपको फाइनल नेपाल र यूएईबीच हुने भएको छ। शनिबार कीर्तिपुरमा भएको सेमिफाइनलमा कुवेतलाई हराउँदै नेपाल र मुलपानीमा भएको खेलमा ओमानलाई हराउँदै यूएई फाइनलमा प्रवेश गरेको हो। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो।

मुलपानी मैदानमा भएको ओमान र यूएईबीचको अर्को सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भयो। जसका कारण यूएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुग्यो।

पहिले ब्याटिङ गरेको युएई ४ बल खेल्न बाँकी छदा २३६ रनमा अलआउट भयो।

२३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउदा खेल वर्षाले रोकिएको थियो। अब उपाधिका लागि यूएई र नेपालबीच आगामी सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ।

 सोमबार कुनै कारण खेल नभए मंगलबार हुने छ। मंगलबार पनि खेल हुन नसके नेपाल सिधै एसीया कपमा पुग्नेछ।  एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ५ : २० बजे