‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

फिलिपिन्समा जहाज ठोक्किँदा एक जनाको मृत्यु, तीन बेपत्ता

मनिला – फिलिपिन्सको कोरेगिडोर टापुमा विदेशी झण्डा दुईवटा बोकेका जहाज एकापसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन् । 

    फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी)ले शनिबार जनाएअनुसार ती दुई जहाज मध्येएउटा सिएरा लियोन ध्वजा वाहाक जहाज दर्घटनामा पल्टिदा चालक दलसहित २० जना घाइते भएको र तीमध्ये १६ जनालाई शुक्रबार उद्धार गरिएको छ भने एक जना चालक दलका सदस्यको शव शनिबार भेटिएको बताइएको छ । 

    त्यसैगरी पीसिजीले मार्शल टापुको ध्वजावाहक जहाजका सबै २१ जना चालक दल सुरक्षित रहेको बताएको छ । बेपत्ता चालक दलको खोजी र उद्धारकार्य जारी छ ।

रासस/सिन्ह्वा

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : १९ बजे