आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालको उत्कृष्ट प्रदर्शन : विकेट नगुमाई ७ ओभरमा ६० रन जोडन सफल 

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालले ७ ओभरमा कुनै पनि विकेट नगुमाउँदै ६० रन जोडिसकेको छ ।

कुशल भुर्तेल २७ बलमा ६ चौका र १ छक्कासहित ३७ रनसहित क्रिजमा छन् भने आसिफ शेख १५ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहेका छन् । खेल जारी छ ।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अङ्क बाँड्दै ७ अङ्कका साथ समूह ‘ए’ बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपविजेता कुवेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिड्न आइपुगेको हो । 

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ नेट रन रेटबाट सेमिफाइनल पक्का गरेको हो । 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १० : ४३ बजे